धरान । लोकतान्त्रिक बाम गठवन्धनका उम्मेदवारले धरानलाई पुरानो  व्यापारी केन्दलालाई फर्काउन र धराने जनताको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रको पुर्वाधार विकासमा जोड दिने प्रतिवद्धता ब्यब्त गरेका छन् । 

बाम गठवन्धनका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारहरुले धरानलाई व्यापारिक र स्वास्थ्यको विकासमा जोड दिने प्रतिवद्धता शुक्रबार धरानमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यक्त गरेका हुन् ।  

सुनसरी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार  माओवादी केन्द्रका नेता सडक र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिने उक्त कार्यक्रममा वताएका छन् ।

उनले भने,‘सुनसरी क्षेत्र नम्बर १ अन्र्तरगत पर्ने धरान पुर्वकै एतिहासिक व्यापारिक नगरी हो, तर आधानुकिकरणसँगै यस्को इतिहाँस मेटिदैं गएको छ,धरानलाई पुरानो इतिहाँस फर्काउन र यहाँको व्यापार व्यावसायलाई थप प्रवद्र्धन गर्नको लागि पनि सुनसरी क्षेत्र नम्बर १ को सवै गाउ वस्तीलाई सडक सन्जालमा जोड्नु आवस्यक छ।’

त्यसैगरि उम्मेदवार मेन्याङबाले ले निर्वाचित भएपछि  आफू सदैव जनताको पक्षमा काम गर्ने र  खानेपानी,पर्यटनलाई विशेष प्राथमिकता राखेर योजना पार्ने वताएका छन् ।

शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय नेता डाक्टर मिनेन्द्र रिजालको प्रमुअ आतिथ्यता रहेको थियो । उनले देशभर लोकतान्त्रिक गठवन्धनको उम्मेदवारले चुनावी जित्ने दावी गरेका छन् ।  

।सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठवन्धनमा नकपा एकिकृत समाजवादी पार्टीबाट प्रदेश सभा ‘ख’ का लागि रेवतीरमण राई उम्मेदवार छन् भने प्रदेश सभा ‘क’ तर्फ नेपाली काँग्रेसका उमेश थापा उम्मेदवार छन् ।

गठवन्धनले संघीय उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङबो उम्ेमदवार छन् ।