धरान ।सुनसरी क्षेत्र नम्बर १ बाट उठेका नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेद्धवार चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । 

सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत पर्ने क्षेत्रहरुको समुन्नत विकासको लागि महत्वकांक्षी संकल्पहरु सहित पुरा गर्ने चुनावी प्रतिवद्धतामा उल्लेख छन् । 

साझा उम्मेद्धवारहरुले साझा प्रतिवद्धता अन्र्तगत  धरान सेउती सुरुङ निर्माण मार्गलाई अघि वढाएर तमोर करिडोर सडकसँग जोड्ने लक्ष्य लिएको छ । 

प्रतिवद्धतामा भनिएको छ,‘धरान सेउती सुरुङ मार्ग निर्माणल कार्यलाई जलाधार क्षेत्रलाई नकारात्मक असर नपुग्ने गरि अगाडि वढाउने र तमोर करिडोर सडकसँग जोडेर धरानको व्यापार व्यवसायलाई टेवा पु¥याउने काम गर्नेछौ।’

धरानलाई पर्यटनको विकासको लागि केवुल कार सन्चालन गर्न लगानी भित्राउने ,धरान २० मा रक क्लाइम्विङको व्यवस्था गर्ने र पर्यटकको आकर्षण वढाएर धरानको पर्यटनको थप विकास र प्रवद्धन गर्नको लागि प्रतिवद्ध रहने उल्लेख रहेको छ । 

पर्यटकीय विकास र प्रवद्र्धनको लागि साझा उम्मेद्धवारले खुल्ला चिडियाखानाको अवधारणालाई पनि अघि सारेका छन् । 

त्यसका लागि सभेक्षण र निर्माणको लागि पहल कदमी गरिने भनिएको छ । धरानको खेलकुदको विकास,कृषि,स्वास्थय,शिक्षा,रोजगार सृजना गर्ने र धरानको सम्मुन्त विकास गर्नको लागि चुनावी प्रतिवद्धतामा उल्लेख गरिएको छ । 


शनिबार धरानमा आयोजना गरेको तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सो चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयक्त निर्वाचन परिचालन कमिटी पनि घोषणा गरिएको छ । परिचालन कमिटीको संयोजक मीन शुव्वा रहेको ९ हजार ९ सय ९९ सय जनाको संयुक्त निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सुनसरी क्षेत्र नम्बर १ का एमाले र जसपाको साझा उम्मेद्धवार अशोक राईको प्रमुख आत्थ्यितमा भएको थियो ।

नेकपा एमालेका  प्रदेश सभा ख का उम्मेद्धवार विजय राई  र प्रदेश सभा क का उम्मेद्धवार रमेश कुमार वस्नेत सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।