साविक पाँचकन्या गाविसमा २ पटकसम्म अध्यक्ष भएर जिम्मेवारी सम्हालेका धरान ६ पानवारी निवासी रमेशकुमार बस्नेत मंसिर ४ गतेको  निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका छन् । 

उनी नेतृत्वमा रहेर अथवा नरहेर पनि पाँचकन्याको विकास र सम्मुन्नतिका लागि अहोरात्र खट्ने सामाजिक नेता पनि हुन् । समाजसेवा र एमालेको राजनीतिमा बस्नेत सुनसरी जिल्ला सदस्य, जिल्ला सचिव हुँदै जिल्लाकै अध्यक्ष भएर नेतृत्व गर्दै हाल नेकपा एमाले १ नम्बर प्रदेश सचिवालय सदस्य रहेका छन् । उनी यो क्षेत्रको कुशल, शालीन र धैर्यवान राजनीतिक नेतृत्वमा पर्छन् ।

RameshKumar_Basnet2

आफू जितेर गएपछि यस क्षेत्रको सम्मुनति र विकासको लागि अभिभावकत्व भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै १ नम्बर प्रदेशलाई नै अब्बल बनाउने धरान लाइभको कुराकानीमा बताएका छन् ।

बस्नेतले चुनावी तालमेल र एकताको विषयमा मनमोहन अधिकारपछि धरानले प्रभावशाली नेता पाएको दावी गरेका छन् । जनता समाजवादी पार्टीसँगको चुनावी एकतामा अशोक राई धरानको लागि दोस्रो प्रभावशाली नेता भएको उनको भनाइ छ । जसको जितले धरानलाई केन्द्रको राजनीति र पहुँचमा जोडेर थप विकासको गति लिने बस्नेत बताउँछन् । 

RameshKumar_Basnet3

त्यसैगरी नेकपा एमालेबाट विरक्तिएर बागी उम्मेदवार दिएका मनोजकुमार मेन्याङ्बो पनि एमालेको समर्थनमा आउने दावी गरेका छन् । 

उनले शीर्ष स्तरमा कुरा भइरहेको जानकारी गराए । तर अहिले सबै भन्न नमिल्ने र मेन्याङ्बो पार्टीकाममा फर्कने दाबी गरेका छन् । प्रस्तुत छ, चुनावी सन्दर्भ र उम्मेदवारीका विषयमा उम्मेदवार बस्नेतसँग धरानलाइभले गरेको कुराकानी । 

***   ***   ***