बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पक्षघातको बिरामीको लागि विशेष टिम (स्ट्रोक टिम) तयार गरी उपचार सेवा प्रभावकारी बनाउन थालेको छ । प्रतिष्ठानका डाक्टर भूपेन्द्र शाहका अनुसार प्रतिष्ठानमा चिकित्सकहरुको विज्ञ टोली बनाएर उपचार सेवा शुरु गरिएको हो  । 

पक्षघात अथवा मस्तिष्क घातका बिरामी समयमा नै अस्पताल पुगेर उपचार गरेको खण्डमा निको हुने रोग हो तर हेलचेक्राइँ र बेवास्ताका कारण बिरामीको ज्यान समेत जाने भएकाले यो समस्याको न्यूनीकरण गर्नको लागि प्रतिष्ठानले द्रुत र सहज उपचार सेवा शुरु गरेको हो । 

प्रतिष्ठानमा गएर उपचार गर्ने बिरामीलाई औषधि उपचार समेत सहुलियतमा रहेको डा. शाहले बताए । बाहिर उपचार गर्दा ५ लाखसम्म खर्च लाग्ने तर प्रतिष्ठानमा आएर उपचार गर्दा बढीमा ३० हजारसम्ममा उपचार हुने डा. शाह बताउँछन् । 

अक्टोबर २९ लाई बिपी प्रतिष्ठान र स्ट्रोक टिमले पक्षघात दिवस मनाउने तयारी गरेको छ । सचेतनाका लागि र्यालीसहितका विभिन्न कार्यक्रम तय गरेर दिवस मनाउन लागिएको छ । यसैबीच धरान लाइभले प्रतिष्ठानका डा. भुपेन्द्र शाहसँग पक्षघात के हो ? सचेतना किन आवश्यक छ ? भनेर कुराकानी गरेको छ ।