धरान । आगामी मशीर ४ गते चुनाव क्षेत्र नं १ मा रोचक प्रतिष्पर्धा हुँदैछ । प्रदेश ‘क’ र ‘ख’ का उम्मेदवार पारिवारिक भएकाले थप रोचक हुने भएको हो । 

प्रदेर्श क’ मा नेकपा एमालेबाट रमेश कुमार बस्नेत र लोकतान्त्रिक बाम गठवन्धनबाट उमेश थापा उम्मेद्धवार प्रतिष्पर्धामा छन् ।

बस्नेत नाताले काका ससुरा हुन् भने  र थापा ज्वाँई हुन् ।

 मंशीर ४ गते प्रदेशको ज्वाँई र काका सुसुराबीच नै मुख्य प्रतिष्पर्धा हुँदैछ । उम्मेदवार उमेश थापा पारिवारिक नाता जहिले सम्मानजनक नै हुन्छ तर राजनीति भनेको देश र जनताको लागि भएकाले यो प्रतिष्पर्धा स्वाभाविक भएको वताउँछन् ।

उनी भन्छन्,‘मलाई पार्टीले जिम्मेवारी दिएको छ,त्यो जिम्मेवारी मैले पुरा गर्नै पर्छ,नाता सम्वन्धलाई सदैव सम्मान र इज्जत गर्दछु, तर जनताको सेवाको लागि नयाँ भिजन र सोँचको साथ अघि वढ्ने छु।’

एमालेका उम्मेद्धवार रमेश कुमार वस्नेत पनि चुनाव भनेको दलीय प्रतिष्पर्धा हुने भएकाले यो व्यक्तिगत लडाई नभई दलीय प्रतिपष्र्धा भएको वताउँछन् ।

उनी भन्छन्,‘जनताको वहुदलीय जनवादको मार्ग दर्शनले आन्तरिक र वाह्य प्रतिष्पर्धा दुवै स्वीकार्छ,त्यसैले दलीय प्रतिष्पर्धा मात्रै हो , व्यक्तिगत लडाई होइन ।’

लोक तान्त्रिक बाम गठवन्धनका  उम्मेद्धवार उमेश थापा नेपाली काँग्रेस पार्टीको १ नम्बर प्रदेश महामन्त्री हुने भने रमेश वस्नेत नेकपा एमालेको १ नम्बर प्रदेश कमिटि सचिवालय सदस्य समेत हुन् ।

यता प्रदेश सभा ‘ख’ तर्फ भने आफ्नै दाजु भाई वीच नै मुख्य प्रतिपष्र्धा हुँदैछ । नेकपा एमालेबाट विजय राई उम्मेद्धवार छन भने नेकपा एस पार्टीबाट रेवतरमण राई चुनावी प्रतिष्पर्धामा रहेका छन् । 

नेकपा एसका रेवात र एमालेका विजय आफ्नै काका बढाउका छोराहरु हुन्। रेवत माइलो भाईको छोरा हुन् भने विजय कान्छो भाइका छोरा हुन।उनीहरु पनि पारिवारिक संवन्धले दाजु भाइ हुन् । रेवत रमण राई दाजु हुन् भने विजय राई भाइ हुन् । 

विजय नेकपा एमालेको १ नम्बर प्रदेश कमिती सचिवालय सदस्य हुन् भने रेवत रमण राई नेकपा एस धरान नगर कमिटी अध्यक्ष हुन् । 

नेकपा एसका उम्मेदवार रेवत रमण सता गठवन्धन दलको समर्धन भएकाले आफ्नो जीत नै सनिश्चित भएको वताउँछन् ।पारिवारिक संवन्ध भएपनि राजनीतिमा एक अर्कालाई सम्मान गर्दै अघि वढ्नु पर्ने वाध्यता रहेको भन्दै आफुले विजय प्राप्त गरि सकेको विजय राई वताउँछन् ।