धरान । आगामी मंशीर ४ गतेको संघीय चुनावको लागि सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार अशोक  कुमार राईले बराहक्षेत्रको ग्रामीण भेगका जनताका लागि ‘अल वेदर रोड’को आवस्यकतालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको तर्फबाट साझा उम्मेद्धवार वनेका राईले शनिवार क्षेत्र नम्बर १ को बराहक्षेत्र नगरपालिका स्थित नडाहामा चुनावी कार्यक्रमलाई संवोधन गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् । 

कार्यक्रमलाई संवोधन गर्दै वर्षात याममा हिलाम्मै र हिउँदमा धुलाम्मे भएर सास्ती भोगिरहेका जनताको लागि अहिले सम्म पुरा हुन नसकेको वर्षाैदेखि सपनालाई पुरा गर्नको लागि आफु साझा उम्मेदवार भएर जनता माझ आएको वताए ।

बराहक्षेत्रवासी नगरवासी भएर पनि दुर्गमको जनजीवन जीउनु परेको वाध्यतालाई पुरा गर्दै सम्मुन्नत र समृद्ध नगर वनाउन आफुले कुनै कन्जुस्याँई नगर्ने पनि उद्घोष गरेका छन् । नेता राईले यस क्षेत्रको विकासको लागि पहिलो प्राथमिकता भनेको पक्की सडक नै हो,जस्ले गर्दा बराहक्षेत्रलाई एकिकृत गरि सडक सन्जालले इटहरी,इनरुवा हुँदै धरान सम्म जोडेर नगरवासीको अनुभुति दिलाउन सकिने वताए ।

उनले भने,‘चक्रघटटी–चतरा–वराहक्षेत्र,नडाहा–धरान,बक्लौरी–पंचायन कच्ची सडक नै विकासका लागि वाधक भयो,वर्षौदेखि नै समस्या समाधान हुन सकेन, अवको आवस्यकता र विकासको मुल फुटाउन पनि मेरो उम्मेदवारी हो।’

सडक सन्जालको विकास र विस्तारपछि वराहक्षेत्रको धार्मिक आस्थाका धरोहर र संभावित धार्मिक पर्यटनको पनि संभावना र त्यसको विकास तीव्र हुने नेता राईले वताए ।

धार्मिक पर्यटन अन्तरगत रामधुनीको पकलीमा थारु समुदायको आस्थाको धरोहर तीर्थ स्थल,रामधुनी,चतराको औलिया बाबाको मन्दिर,कोकाहा नदी, वराहक्षेत्र मन्दिरलाई धार्मिक दृष्टिबाट अझै थप विकास गर्नको लागि मुख्य सडक नै पहिलो प्राथमिकता हुने वताएका छन् ।

त्यसै किराँतहरुको धार्मिक आस्थाको वोकेको खुवालुङ , विष्णुपादुका अनि धरानको विजयपुरमा रहेको मठ मन्दिरहरुले सुनसरी क्षेत्र नम्बर १ लाई अंकमाल गरेको हुनाले अव यस क्षेत्रका वासिन्दाहरुका लागि स्वर्णिय युग वनाउन मंशीर ४ गते अवसर भएको वताए ।शिक्षा, स्वास्थ्य,पर्यटन ,संरचना विकास नै आफ्नो परिकल्पना भएको वताएका छन् । 

कार्यक्रममा प्रदेश सभा ख तर्फका नेकपा एमालेका उम्मेदवार विजय राईले नडाहा र धरान जोड्ने कच्ची सडकलाई आफु जितेर गएपछि पक्की सडक वनाउनको लागि पहिलो प्रथामिकता हुने वताएका छन्।

उनले भने,‘यस क्षेत्र सँग म नौलो ब्यक्ति होइन ,यहाँको समस्या,दुख पीडा सवै जानकार नै छु,तपाईहरुसँगै रहेर रातदिन नै सम्मुन्न र सम्वृद्धि वनाउनको लागि अग्रसर हुने छु।’

यसैवीच प्रदेश सभा ख को संयुक्त निर्वाचन परिचालन कमिटी पनि घोषणा गरिएको छ । १५ सय १ जना संयुक्त निर्वाच्न परिचालन कमिटी घोषणा गरिएको हो ।