नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटी सुनसरी क्षेत्र न १ ले प्रतिबद्धता पत्रसहितको अपील सार्वजनिक गरेको छ ।
विगतमा एमाले र जसपा सरकारमा रहदा अघि सारिएका लोकप्रिय तथा महत्वपूर्ण योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
एमाले जसपाले समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ ।

सुनसरी क्षेत्र न १ लाई विकसित एवम् समृद्ध बनाउन धरान, बराहक्षेत्र र रामधुनीको मुहार फेर्ने प्रस्तावित योजनाहरु अघि सारेको छ ।

धरानमा खेलकुद पूर्वाधार विकास तथा सुदृढीकरण, खेलग्राम निर्माण, खेलकुद तथा संगीत एकेडेमी खोल्न पहल गर्ने विषयलाई पहिलो एजेण्डाका रुपमा अघि सारेको छ ।

निर्माणाधीन स्मार्ट बसपार्क र धरान ६ मा औद्योगिक ग्राम समयमै सम्पन्न गर्ने एमाले जसपाको एजेण्डा छ ।

एमाले-जसपाले पर्यटन विकास, पुरातात्त्विक अध्ययन, कोका ड्याम, ग्रामीण खानेपानी आयोजना, कृषिउपज बजार निर्माण, बहुजातीय सङ्ग्रहालय, सुकुम्बासी तथा अव्यवस्थितलाई धनीपूर्जा प्रदान गर्ने लगायतका प्रतिबद्धता अघि सारेको छ ।

हेर्नुस् यस्ता छन् एमाले- जसपाको प्रतिबद्धता

20221030_110706

Jasapa uml ghosana patra20221030_110852Jasapa uml ghosana patra