आज धार्मिक सांस्कृतिक पर्व छठको महत्वपूर्ण दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा उपासना गरिएको छ ।

सोही अवसरमा मधेसी सेवा समाज धरानको निमन्त्रणामा छठ पूजा समारोहमा उपस्थित हुन  सुनसरी १ प्रतिनिधि सभाका एमाले-जसपा समीकरणका साझा उम्मेदवार अशोक राई सर्दू जलाधार पुगेका छन् ।
20221030_162921
उनीसँगै सूर्य ध्वजावाहक उम्मेदवारहरु प्रदेश सभा 'क' बाट रमेश कुमार बस्नेत र प्रदेश सभा 'ख' बाट विजयकुमार राई उपस्थित भए ।

उम्मेदवारले अस्ताउँदो सूर्यलाई अर्घ दिएको अवलोकन गरे । सोही क्रममा उपासकहरुलाई महापर्वको शुभकामना दिए ।
20221030_162139
आसन्न निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु सार्वजनिक कार्यक्रममा उपस्थित हुने क्रम चलिरहेको छ ।

आयोजक कमिटीसँगै धरान १३ जानकी टोल विकास संस्थाले उम्मेदवारहरुलाई विजयीको शुभकामना दिएका थिए ।
20221030_163831
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर खरना षष्ठी मातालाई चढाइ बर्तालुले प्रसाद स्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।
20221030_155628
यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।20221030_161214