धरान । आगामी मंशीर ४ गते प्रदेश तथा संघको निर्वाचनको लागि पहाडी क्षेत्रका उम्मेदवारलाई चुनावी प्रचारको लागि सवै भन्दा सकस भएको छ । 

चुनाव प्रचार गर्न र उम्मेदवारहरुले चुनावी एजेण्डा सहित मतदाताको घर घरको पुग्नु पर्ने वाध्यता रहेको छ । 

सडक असुविधा तथा मुलुक संघीय सरंचना भएपछि निर्वाचन क्षेत्र पनि वढेको हुनाले उम्मेदवारलाई झनै सकस भएका हो ।

भोजपुर जिल्लाको संघीय उम्मेदवार बाम लोकतान्त्रिक तर्फका सुदन किराँत आफ्नो सामाजिक सन्जालमा फोटो पोष्टाउँदै लेख्छन्,‘तपाईहरुको शुभेच्छालाई उर्जामा बदल्दै दुर दराजको गाउँ बस्तिमा चुनावी अभियानमा छु ।

८१ वटा वडाहरु छ, हामी संग समय २० दिन मात्र छ । एक वडा देखी अर्को वडा सम्म पुग्नलाई घण्टौ समय लाग्छ । कुनै समय फोन उठेन भने क्षमाप्रथी छु ।’