धरान । जनता समाजवादी पार्टीका सघीय परिषद् अध्यक्ष अशोक कुमार राईले सबै खाले विभेदको अन्त्य गर्न सके मात्र शब्य समाज निर्माण गर्न सकिने बताउनुभएको छ ।

धरान ख्रिष्टियन समाजको आयोजनामा धरान १५ स्थित इम्मानुयल कृपा चर्चमा आज एमाले र जसपाका सयुक्त उमेद्वारहरुसग गरिएको अन्तरक्रिया कार्यक्रममा नेता राईले यस्तो बताउनुभएको हो । सुनसरी क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उमेद्वार समेत रहनुभएका नेता राईले अहिले पनि लैगिक, जातीय, भाषिक, वर्गिय, धार्मिक जस्ता हरेक क्षेत्रमा विभेद कायमै रहेकोले जरैदेखी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले इसाई धर्मावलम्बीहरु अहिले पनि उत्पीडित समुदायको रुपमा रहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सविधानमा उल्लेख भएका कुराहरुलाई ऐन नियम बनेपछि मात्रै कार्यन्वयनमा लानुपर्ने प्रावधान भएकाले विभेद कायमै रहेको बताउँदै आगामी दिनमा यसको अन्त्य भएरै छाड्ने दाबी गर्नुभयो । उहाँले आफुले राजनीतिक सुरुवात गर्दादेखी नै विभेद र उत्पीडनको पक्षमा लड्दै आएको बताउँदै सधै लडिरहने बताउनुभयो ।

यस्तै, सुनसरी निर्वाचन क्षेत्र न १ क का प्रत्यक्षतर्फका एमालेका उमेद्वार रमेश कुमार बस्नेतले एमाले सधै धर्मनिपेक्षताको पक्षमा रहेको बताउनुभयो । उहाँले अन्य धर्महरुको तुलनामा इसाई धर्मावलम्बीहरुलाई विभेद भइरहेको आफुलाई समेत महसुस भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सबै जातजाती, धर्मवलम्बीहरुलाई समान व्यावहार गर्ने राज्यको दायित्व रहेको भन्दै राज्य निरपेक्ष हुनुपर्ने बताउनुभयो ।

यस्तै, सुनसरी निर्वाचन क्षेत्र १ ख प्रत्यक्षतर्फका एमालेका उमेद्वार विजय कुमार राईले पहुँचका आधारमा अधिकार पाउने सस्कारको अन्त्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले आफु अन्यायको पक्षमा आवाज उठाउँदै आएको र विभेद र अन्यायको पक्षमा बोल्न कहिले डर नमान्ने बताउनुभयो । यस्तै, एनसिएफ नेपालका केन्द्र्रीय कोषाध्यक्ष एबम रेबरेन हिमाल राईले राज्यले इसाईहरुलाई सविधानले दिएको अधिकारबाट समेत बञ्चित गरेको र राज्यबाट इसाई धर्मावलम्बीहरु सधै हेपिएको गुनासो पोख्नुभयो ।

उहाँले सविधानमा धर्मनिरपेक्ष लेखिएपनि त्यो कुनै पार्टीले कार्यन्वयनमा ल्याउन नसकेको भन्दै आफुहरुले चर्चलाई अहिले पनि व्यक्तिको नाममा दर्ता गर्न बाध्य हुनुपरेको दुखेसो पोख्नुभयो । उहाँले राज्यले सग ख्रिष्टमस डेको दिन सार्वजनिक विदा दिनुपर्ने माग गर्नुभयो । समाजका अध्यक्ष गोबिन्द राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा धरानका विभिन्न मण्डलीका पास्टर अगुवा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।