धरान । देश परिवर्तन हुने आशाका साथ जनवादी गीत गाउँदै चुनावमा होमिदा दुःख, पीर, व्यथा, सपना सबै भुलिने बताउनुहुन्छ कलाकार मनिकुमार राई । 

२०४८ सालमा धरानबाट मनमोहन अधिकारीलाई चुनाव जिताउदाको समय स्मरण गर्दै उहाँ भन्नुहुन्छ ‘हामी साँस्कृतिक फाटमा रहेर जनताको गीत गाउँदै नाच्दै हिड्दा कम रमाइलो हुन्नथ्यो ।’ ‘त्यसबेला नाचगानबाट जोडिएको मन (मत) अहिलेसम्म उस्तै छ र कहिल्यै तोडिन्न ।’ नेकपा एमाले र जसपा नेपालले धरानमा संयुक्त रुपमा देउसी भैलो खेलेर यो वर्षको तिहार मनाएका छन् । सोही देउसीमा नाच्दै गरेका राई अहिले पनि चुनाव प्रचारमा हिड्न उत्तिकै रुचाउनुहुन्छ ।

जनतालाई आफ्नो एजेण्डा बुझाउन र जनताको मन जित्न गीत संगीत नै सबैभन्दा उत्तम माध्यम भएको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ ‘हामी त्यसबेला नाच्दै गाउँदै हिड्दा आज भन्दा भोली बढी भोली भन्दा पर्सि गर्दै दिनदिनै मानिसको संख्या थपिन्थ्या ।’ पार्टी प्रवेश कार्यक्रम राखेर, विभिन्न प्रलोभन देखाएर तथा अवसरको खोजीमा पार्टीमा प्रवेश गर्नेहरु क्षणिक मात्रै पाटीमा रहेको देखिन्छ तर नाचगान गर्दा जोडिएर आएका साथीहरु अहिलेसम्म यही र्(एमाले) मा नै छन्’ राई भन्नुहुन्छ । राई अहिले जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले एक कार्यकाल जिल्लामा नेतृत्व गरिसक्नुभएको छ ।


नेकपा एमाले मात्रै अहिलेसम्म जनताको पार्टी भएको उहाँको बुझाइ छ । एमालेले विभिन्न कालखण्डमा राष्ट्रियता जोगाउनेदेखि लिएर समृद्धिको सपना देखाउने र जग हाल्नेसम्मको काम गरेको उहाँ भन्नुहुन्छ । ‘एमालेले समृद्धिको जग बसाएको छ, अब देशलाई समृद्ध बनाउन फेरी पनि एमालेको नेतृत्व आवश्यक’ भएको उहाँको भनाइ छ ।’  राई भन्नुहुन्छ ‘त्यसकालागी मनमोहन अधिकारी जस्तै सादगी र सरल नेता अशोककुमार राईलाई जिताउन आवश्यक छ भने सूर्यध्वजावाहक उम्मेदवारद्वय रमेशकुमार बस्नेत र विजय राई समेत उत्तिकै क्षमता भएका नेताहरु हुनुहुन्छ ।’