धरान/  नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त घरदैलो अभियान बिहिबारबाट शुरु भएको छ । 

निर्वाचन अयोगका निर्देशन बमोजिम नै विहीवारबाट नै धरान ६ पानवारीबाट एमाले र जसपाले संयुक्त रुपमा घरदैलो अभियान शुरु गरेका हुन् । 

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरुले उम्मेदवारहरुलाई फूलमाला लगाएर विजयीको लागि शुभकामना दिएका थिए भने जनताका हितमा काम गर्न आग्रह समेत गरेका थिए । 

अभियानका क्रममा सुनसरी क्षेत्र नं. १ का एमाले, जसपाका प्रतिनिधिसभाका संयुक्त उम्मेदवार अशोक राईले जनताको भरोस आश र भरोसामा कमि आउन नदिने प्रतिब्द्धता समेत व्यक्त गरेका थिए । 

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र नंं. १ (क)का संयुक्त उम्मेदवार रमेश बस्नेतले धरानका विकासलाई तिब्रता दिन आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका थिए ।