धरान । सुनसरी क्षेत्र न १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले सुनसरी १ मा अलवेदर रोडलाई प्राथमिकतामा राखेका छन् ।

प्रेस चौतारी नेपाल धरान र बराहक्षेत्र नगर कमिटीको संयुक्त आयोजनामा भएको उम्मेदवार संचारकर्मी सुझाव सङ्कलन कार्यक्रममा उम्मेदवार राईले अल वेदर रोडको अवधारणा बारे बताएका हुन् ।

चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी- नडाह- धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक कालोपत्रे गर्ने उम्मेदवार राईले बताए ।

बक्लौरी– पन्चायन– धरान जोड्ने सडकलाई अल वेदर रोड जुनै समय पनि सहज यात्रा गर्न सकिने सडकका रुपमा पक्की रुपमा विकास गर्ने बताए ।

सडक कालोपत्रे भएमात्रै यो निर्वाचन क्षेत्र सेवा लिने दिने हिसाबले एकीकृत हुन सक्ने बताए । उनले यी संरचना निर्माण गर्ने कुरालाई  ध्यानमा राखेका बताए ।