धरान ।सुनसरी बक्लौरीका रामसिंह वस्नेत उमेरले पाको भएका छन् । उमेरमा उनी ८९ वर्ष पुगिसकेका छन् । उनलाई हिडडुल गर्नको लागि लौरोको साहारा चाहिन्छ । राणा शासन,प्रजातन्त्र,पन्चायतकाल हँुदै वहुदलीय व्यवस्था र जन आन्दोलन पछिको गणतन्त्र सम्मको अनुभव वस्नेतले गरिसकेका छन् । उनी अहिले पनि राजनीति प्रति उतिकै चासो राख्छन्,लठ्ठी टेक्दै भए पनि सकेसम्म कार्यक्रममा पुग्छन् ।


शुक्रबार बक्लौरी चौकको कार्यक्रम पुगे । त्यो पनि एमालको कार्यक्रम भनेर उनी कार्यक्रम हुनु भन्दा अगावै पुगेर उम्मेदवार आउने प्रतिक्षा थिए । जव एमाले जसपाका उम्मेदवार सहित पुगे र खुशीले गदगद हुँदै उम्मेदवारहरुलाई आसीर्वाद पनि दिन भ्याए । 

उम्मेदवारसँग आफ्नो र नेपाली जनताको भाग्य र भविष्य नै तपाईहरुको हात रहेको भनेर जितको शुभकामना समेत दिए । अन्य मतदातालाई पनि सचेत गराउँदै भने,‘हामी वृद्धवृद्धाको भरोसा र पाल्ने पार्टी एमाले नै हो,अरुले त आसा मात्रै देखाउँछन्,मासुभात दिनेको खाने तर भोटचाहिँ हाम्रो वृद्धको पार्टीलाई दिने हो।’बक्लौरी ६ कै टंक प्रसाद चौधरी पनि उमेरले ६४ वर्ष पुगिसकेका छन् । अहिले सम्मको चुनावमा चौधरीले एमालेको उम्मेदवारलाई मात्र मतदान गरेका छन् । आउने चुनावमा पनि एमालेकै उम्मेदवारलाई मत हाल्नको लागि आतुर छन् । चौधरी भन्छन्,‘हरेक विकास र दुख पीडा वुझ्ने एमालेका उम्मेदवारहरु छन्, म एक्लै होइन,मेरो परिवार नै आउने चुनावमा एमालेका उम्मेदवारलाई भोट हाल्छौ।’


बक्लौरीमा आयोजित एमाले जसपाका उम्मेदवारको कोण सभा र घरदैलो कार्यक्रममा उपस्थित भएका वृद्ध बृद्धा ,महिला र युवा मतदाताहरुले बधाई र जीतको शुभकामना दिए ।कोण सभा कार्यक्रममा एमाले जसपाको साझा प्रतिनिधी सभा सदस्य उम्मेदवार अशोक राईले चुनाव भनेको मतको दान भएकाले मंशीर ४ गतेको चुनावमा सोचेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । उनले भने,‘यस क्षेत्रको वर्षाेदेखि भोगेको दुर्गम अवस्थालाई सुगम वनाउनको लागि जितेर गएपछि अवस्य पुरा गर्नेछौ,त्यसैले कुरा गर्ने र आस्वसन दिनेलायृ होइन,काम गरेर पुरा गर्ने नेता छान्नुस्,काम गरेर हामी वाचा पुरा गर्नेछौ।’कार्यक्रममा प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार विजय कुमार राईले यस अघि पुरा हुन नसेकको कामहरुलाई पुरा गर्न आफुले उम्मेदवारी दिएको वताए ।उनले भने,‘रामधुनी र वराहक्षेत्र नगरपालिका भएपनि नगरवासीको अनुभति हुन पाएका छैनन्,अव मंशीर ४ गते पछि जितेर गएपछि नगरवासी अनुभुति दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु।’

कार्यक्रममा प्रतिनिधी सभा समानुपातिक उम्मेदवार मोनीराज सुनुवार र लहरुमाया जिमीले पनि बोलेका थिए ।