धरान । धरान उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमाले र जसपा साझा उम्मेदवारहरुले वडा ४ को प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा  सुनसरी क्षेत्र नं. १ (१)का प्रदेश सभा सदय उम्मेदवार रमेश वस्नेतले रिवन काटेर उद्घाटन गर्नु भएको छ ।                                 

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा सुनसरी–१ का इञ्चार्ज मुरारी सुवेदीले अब नेकपा एमाले र जसपाका साझा उम्मेदवारलाई जिताउन ४ नं. वडावासीलाई आवहान गर्नु भयो । 

नेकपा एमाले धरान नगर इन्चार्ज नारायण सुवेदीले ४ नं. वडाको विकास एमाले–जसपाका साझा उम्मेदवारहरुले गर्ने र त्यसको जिम्मेवारी नेकपा एमालेले लिने प्रतिवद्धा जनाउनु भएको छ । 

कार्यक्रममा नेकपा एमाले जिल्ला विभाग सदय गोविन्द महत, धरान ४ नं. वडाका नेता राजेन्द्र राई, रविन चाम्लिङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य  मनोज राई, धरान नगर अध्यक्ष ताजुव लिम्बूलगायतको उपस्थिति रहेको थियो ।                   

भगत चाम्लिङको संयोजकत्वमा बनेको प्रचार प्रसार समितिको सहसंयोजक चन्द्र सोताङ, सचिवमा राजेन्द्र राई र कोषाध्यक्षमा मीना तामाङलगायत रहेको दुबै पार्र्टीबाट ३ सय १ जनाको समिति निर्माण भएको छ ।