धरान।धरानको वडा नं.  ८ मा नेकपा एमाले–जसपाका उम्मेदवारलाई स्थानीयले स्वागत गरेका छन् । सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा जसपाका संघीय परिषद अध्यक्ष अशोक राई, प्रदेश सभा सदस्यका लागि उम्मेदवार रमेश बस्नेतलाई जितको शुभ कामना दिदैं फुलमालले स्वगत गरेका छन् ।



उनीहरुले धरानको विकास गर्ने, राष्ट्रिय राजनितिमा पहुँच राख्ने नेतालाई यस पटकको निर्वाचनमा जिताउने प्रतिक्रिया दिएका छन् । राष्ट्रिय राजनीतिमा पहुँच राख्ने जसपाका शक्तिशाली नेता राईको यस पटक धरानेहरुले न्याय गर्नेसमेत उनीहरुको प्रतिक्रिया थियो ।धरानलाई मन्त्री हुने नेताको खाँचो रहेको धरान ८ निवासी सरिता तामाङले बताउनु भयो । धरान ८ का अर्का ७७ बर्षीय तीर्थबहादुर राईले देशको राजनीति बुझेको परिपक्क नेतालाई भोट दिने बताउनु भयो ।

 धरान ८ को स्थानीयहरुको चुनाव बारेमा विचार गरि देशको विकासमा लामो समयदेखि घटिएका र राष्ट्रियस्तर सम्मको कामको अनुभव भएको नेता अशोक राई र रमेश बस्नेत पाएको उनीहरुको बुझाई छ ।