सुनसरी क्षेत्र नं. १ का श्रमिकहरुले नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्यले १७६ सदस्य श्रमिक परिचालन कमिटी घोषणा गरेका छन् ।

निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो ।   


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्प गरेका छन् । संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुको परिचालन कमिटी निर्माण गरेको हो । 


‘पार्टीले निर्णय गरेका, पार्टीले फैसला गरेका उम्मेदवारलाई जिताउने गरी जिफन्टले तय गरेको नारा ‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ लाई अघि सार्दै साझा उम्मेदवारको जितका लागि श्रमिकहरु लागिपर्ने संकल्प गरिएको छ,’ मजदुर नेता भीम ज्वाला राईले भने, ‘यहाँ अधिकांश मजदुर साथीहरु काम गर्नुहुन्छ, १५ हजार यातायात मजदुर हुनुहुन्छ, २५ हजार बढी निर्माण क्षेत्रमा काम गर्नुहुन्छ, ३५– ४० हजार श्रमिकहरु यो क्षेत्रमा हुनुहुन्छ ।’


नेकपा एमाले र जसपालाई विजयी गराउनु पर्छ भन्ने कार्यभारका आधारमा सुनसरी क्षेत्र नं. १ मा मजदुर परिचालन हुने अन्तरक्रिया तथा भेलामा प्रतिबद्ध श्रमिकहरुले धारणा राखेका छन् । 


श्रमिकहरु पार्टी हाइकमाण्डको निर्देशनका आधारमा अघि बढ्ने कार्यकर्ता हुन्, मजदुर नेता ज्वालाले भने, ‘पार्टीका निर्देशनविपरीत मजदुरहरु कुनै हालतमा विचलित हुनेछैनन् ।’   


स्वतन्त्रका नाममा बागी उम्मेदवारी दिएकाहरुले विगतमा श्रमिकहरुका विरुद्धमा काम गरेको मजदुर नेता ज्वालाले खुलासा गरे ।  


सुनसरी क्षेत्र १ मा एमाले जसपाका साझा उम्मेदवार अशोककुमार राईले घरदैलो अभियानमै आफूलाई जनताले अनुमोदन गरेको आयोजित कार्यक्रममा बताए । मजदुर, श्रमिकहरुको भूमि धरानमा मजदुरले गरेको सम्मानले आफू जितको नजिक पुगेको अनुभूति भएको उम्मेदवार राईले बताए ।


‘भ्रममा अल्मलिनु पर्दैन जनताले हामीलाई अगाडि बढ भनिसक्यो, एमाले जसपाको समीकरण रोक्ने कसैको तागत छैन, हामी भोट माग्न जनताको घरआँगनमा गएका थियौं, तर जनताले यो समीकरणलाई स्वीकृति दिइसकेका छन् ।’ उम्मेदवार राईले भने, ‘चुनाव जित्नमात्र एमाले–जसपाको समीकरण होइन, यो राष्ट्रिय सरकार निर्माण र समृद्ध नेपाली सुखी नेपालीको महान् आकांक्षा पूरा गर्नका लागि निर्माण भएको हो ।’ 


श्रमिकहरुको बाक्लो उपस्थितिमा एमाले पार्टी कार्यालय धरानमा आयोजित भेला तथा अन्तरक्रियाले मजदुरमा थप उत्साह उत्पन्न भएको मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराईले बताए । 

श्रमिक शक्ति निर्वाचनमा होमिइसकेकाले एमाले जसपा तालमेलका उम्मेदवारहरुको विजयी सुनिश्चित भइसकेको धारणा राखे । 


जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवाको सभाध्यक्षतामा भएको भेला तथा अन्तरक्रियामा मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका १ नं. प्रदेश उपाध्यक्ष तीर्थ दाहालले सञ्चालन गरेका थिए । 


यस्तो छ, श्रमिक परिचालन कमिटी सचिवालय


संयोजकः मुक्तिनाथ गिरी

सहसंयोजकः यामकला मग्राती

सचिवः लक्ष्मी बानियाँ


सदस्यहरुः

बालकुमार श्रेष्ठ

सुनिल तोलाङ्गे

ज्ञान देवान

सिंह पराजुली 

तीर्थ दाहाल, धरान– १९

दुर्गा खतिवडा

गोपी योगी

कमला श्रेष्ठ

प्रवीण राई, धरान– १८ 

हेम सेढाई, धरान– १०

डिकबहादुर मगर

कमल भट्टराई

जनक सुनुवार

प्रेम कुँवर

जीवन ठटाल, धरान– ७

जुक्त लिम्बू

शिव तामाङ

तिलक विक

गणेश लिम्बू, सफाई

प्रदीप श्रेष्ठ, अटो

हरि भट्टराई

विकास कार्की, धरान– १२

साधुचरण दास, बराहक्षेत्र

मनोज श्रेष्ठ, धरान ३

दीपक राई, धरान ४

बलबहादुर लिम्बू, धरान २

जयप्रकाश तिगेला, धरान ११

सह गिरी, धरान ५

सीता विक, धरान ८  

किरण थापा, धरान ९

लाक्पा शेर्पा, धरान १३

एकनाथ ढकाल, धरान १४

सन्तोष बस्नेत, धरान १५

केशव भुजेल, धरान १५

भीम विक

काजी खत्री, धरान १७

लेखराज थापा, धरान १७

उमेश कुँवर

नारायण बर्देवा

कुविर श्रेष्ठ, धरान १

पुरुषोत्तम भण्डारी, धरान १६

विकेश श्रेष्ठ

दीपक बनेपाली

प्रेम घिमिरे

चक्र गुरुङ

रत्न नेम्बाङ