धरान । धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरु सँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्कि र  क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् ।


बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन्  ।


 तपाईले तिनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका नेताहरुले धरानमा गफ गर्ने र आफुु अनुुकुल काम गर्ने बाहेक अरु काम नगरेको उनको बुुझाई थियो । स्वतन्त्र ब्यक्तिले जित्दा केही परिबर्तन हुन्छ की भन्ने विश्वास रहेको उनले सुुनाईन ।


धरान –१६को जोर सखुुवा चौक नजिकै रहेको मिना दिदीको चिया पसलमा स्वतन्त्र उमेद्धारको मात्र पर्चाहरु छन् । ‘चिया खान आउनेहरुले दलका नेताको भन्दापनि स्वतन्त्रकै बारेमा कुुरा गर्छन्,चिया पसलकी सञ्चालक मिना खनालले भनिन् ‘नेता(दलका उमेद्धार) भन्दा कुुन स्वतन्त्र राम्रो हो भन्ने विषयमा दिनभरी चर्चा हुने उनले सुुर्नाइन् ।


उनी आफुुले भने आफुुले पहिले भोट हालि रहेकै पार्टिलाई भोट हाल्ने बताईन्,उनले पार्टि चै खुुलाईनन् । सुुनसरीको १ नम्बर क्षेत्रमा पर्ने बराहक्षेत्र नगरपालिकाको चौकहरुमा यस पटक स्वतन्त्र उमेद्धारलाई भोट हाल्ने विषयमा गफ हुन थालेको स्थानीय कृष्ण काफ्ले बताउछन् । बजारमा स्वतन्त्र उमेद्धारको माइकिङ र प्रचारहरु प्रसस्त भेट्न सकिन्छन् भने सामाजिक सञ्जालमा बाक्लो प्रचार पनि देख्न सकिन्छ ।यस पटक सुुनसरी क्षेत्र नम्बर १को चुुनाब निकै रोचक मुुडमा कुुदेको छ ।

 सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्रहरु विचको प्रतिस्प्रधाले चुुनाबलाई रोचक बनाएको छ भने मतदाताको मुुड कता जान्छ भन्ने कौतुुहलता उस्तै छ । सत्ता गठबन्धन (एमाले,माओबादी र एकीकृत समाजबादी)सहितकको गठबन्धनबाट माओबादीका नेता मुुक्सामहाङ मेन्याङबो मैदानमा छन् भने एमाले जसपा गठबन्धनबाट जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई चुुनाबी मैदानमा छन् ।

सत्ता गठबन्धन आफुुहरुको एकता कायम देखाउन र एमाले विरुद्ध शक्तिशाली भएको प्रमाणित गर्न चुुनाब जित्नै पर्ने अबस्थामा छन् भने अघिल्लो पटक एमालेका उमेद्धार सँग पराजित भएका अशोक राई यस पटक एमालेसँगै गठबन्धन गरेर जित्ने दाउमा छन् । धरानको ठुुलो पार्टि एमालेसँग गठबन्धन भएपछि सजिलै जित हासिल गरिन्छ भन्ने विश्वास पनि राईमा छ ।अहिले सम्म मनमोहन अधिकारी पछि केन्द्रिय राजनितीमा धरानबाट प्रभाब राख्ने अर्को नेता नभएका कारण केन्द्रिय सरकारमा धरानको पहुुच पुुर्याउन धरानबासीले अशोक राईलाई जिताउनै पर्ने बाध्यता रहेको पनि चर्चा हुने गरेको छ ।


 उता स्वतन्त्र उमेद्धारको के्रज र सक्रियताले भने यो निर्वाचनमा पनि धरानका मतदाताले ‘मुुड चेन्ज’ गर्न सक्छन् भन्ने अनुमान लगाउदा अन्यथा नहोला सुुनसरी उद्योग बाणिज्ज सघंका पुुर्व अध्यक्ष गिरिधारी सापकोटाले भने ।अहिले स्वतन्त्र उमेद्धार मनोजकुुमार मेन्याङबो,कुुमार कार्कि र क्यापटेन केवी लिम्बुुको प्रचार बाक्लो देखिन्छ । मेयर हर्क साम्पाङ निकट स्वतन्त्र उमेद्धारहरु तर्कबहादुुर मगर,समिर तामाङ र हेमचन्द्र राईको सकृयाता बाक्लो नै छ ।गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र ठुुलो दल एमालेलाई पछि पार्दै स्वतन्त्र मेयर हर्क साम्पाङलाई जिताएपछि धराने मतदाताले फेरी पनि ‘मुुड चेन्ज’ गर्न सक्ने संभावना पनि रहेको चिया पसलहरुमा चर्चा हुुने गरेको छ ।