धरान/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं। १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।

धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं। १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो ।

अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओलीले एमालेको पक्षमा माहौल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनु हुने पार्टी श्रोतले जनाएको छ । सुनसरी क्षेत्र नं। १ एमाले–जसपाको तालमेल रहेको छ । सूर्य चिन्ह र छाता चिन्हमा भोट खसाउने वातावरण बनाउन अध्यक्ष ओलीले विशेष प्रशिक्षण दिनुहुने छ ।