धरान/  रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टी नेपाल परित्याग गरेका धरान १६ का सञ्जिव भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभा सुनसरी क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार मनोजकुमार मेया¨बोको चुनाव चिन्ह खरायोमा भोट हाल्न सबैलाई अपिल गरेका छन् । 

उनले विज्ञप्ति आफूले १२ वर्षको उमेरमै ०६२÷०६३ को जनआन्दोलनदेखि नै राजनीतिमा होमिदै आएको र भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका लागि लडिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

 मुलुक अहिले निर्वाचनको महासंग्राममा रहेको र राजनीतिक दलका उम्मेदवारहरुप्रति जनता निराश र आक्रोशित बनेको कुरा जगजाहेर भएको भन्र्दै विज्ञप्तिमा स्वतन्त्र नामको दुरुपयोग गरेर दल दर्ता गरेका रविलामिछानेको स्वतन्त्र पार्टीभित्र पनि चरम नातावाद , कृपावाद, आर्थिक अपारदर्शिता हावी भएकोले सो पार्टीको प्रदेश कमिटी सभापति त्याग गरेको बताएका छन् । उनले आफनो नेतृत्वमा प्रदेश सदस्य शिल्पा भट्टराई, जिल्ला अध्यक्ष प्रेमप्रसाद तिम्सिना, धरान उपमहानगरका राम कार्की र धरान नगर र वडाका सम्पूर्ण पदाधिकारीहरुले सो पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।