धरान । सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको नेकपा एमाले र जसपा नेपालका तालमेलका उम्मेद्वार अशोक कुमार राईले बताएका छन् ।

      आज घरदैलो कार्यक्रममा धरान–५ स्थित देविगाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. १ का संघिय सांसदका उम्मेदवार राईले जसपा र एमालेको संयुक्त सरकार हुँदा नै ऐन ल्याइसकेको बताउनुभएको हो । उहाँले सुकुम्बासीलाई कसैले धनिपूर्जा दिलाइदिन्छु भन्दै आश्वासन बाड्छ भने त्यसको पछाडी नलाग्न समेत आह्वान गर्नुभयो ।


      ‘अब कुनै नेताले आएर मलाई भोट दिनुस्, म तपाईहरुलाई धनिपूर्जा दिन्छु भन्छ भने त्यसलाई पत्याउनु हुँदैन । त्यसलाई पत्याएर भोट हाल्ने गल्ती गर्न हुन्न ।’ उहाँले भन्नुभयो ‘एमाले र जसपाको संयुक्त सरकार भएको बेला नै सुकुम्बासीको स्थायी सामाधानको लागि ऐन ल्यायसकेको छ, त्यो ऐान कायन्वयनको चरणमा छ ।’


     सुकुम्बासीलाई धनिपूर्जा दिनमा कसैले पनि रोक्न नसक्ने उहाँको भनाई छ ।  ‘अब भूमिसुधार मन्त्रालय, सरकार नै त्यस कुरामा लाग्नुपर्ने बाध्यता ऐनले बनाएको छ ।’ उहाँले भन्नुभयो ‘अब जुन सुकै सरकार आएपनि धनिपुर्जा दिनबाट रोक्न सक्दैन त्यो माथिल्लो स्टेमा पुगिसक्यो ।’  


नेता राईले धरानको खानेपानीको दिर्घकालिन समस्या समाधानको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै बाचा गरिसकेको भन्दै भोट दिएर जिताउन अलि समेत गर्नुभयो ।


      नेता राईले फरक प्रसंगमा आफुलाई टुरिष्ट उम्मेदवार भएको भन्दै विपक्षिले प्रचार गरिरहेकोले उनीहरु भन्दा आफु लोकल धराने भएको बताउनुभयो । उहाँले हात्तिसार क्याम्पसमा अध्ययन गरेदेखि नै धराने भएको र धरानमा रहेर नै राजनीति गर्दै संगठन निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो –‘२०४८ सालमा मनमोहन अधिकारी धरानबाट चुनाव लड्दा नेता कार्यकर्ताले मलाई धरानबाट चुनावमा उठाउन चाहेका थिए तर अध्यक्षले नै धरानबाट चुनाव लड्ने इच्छा राखेपछि म अन्यत्रबाट चुनाव लडेको थिए ।’ उहाँले २०७४ सालदेखि धरानलाई नै कर्मथलो बनाएर बसिरहेको भन्दै उहाँले अबको जीवन धरानमा नै बिताउने समेत प्रण गर्नुभयो ।