धरान ।धरान–१५ दिपेन्द्र बस्तीका भवनाथ दाहाल उमेरले ८४ वसन्त पार गरिसके । बुढेसकालमा पनि उनीमा उही युवा अवस्थाको जोस, जागर छ । 
आफ्नो टोलमा मत माग्दै आएका एमाले–जसपाका उम्मेद्वारहरुसंग उनी पनि संगै हिडे । उनले आफु निरन्तर सुर्यमा मतदान गदै आएको सुनाउँछन् । उनी भन्छन् ‘मैले अहिलेसम्म सूर्यमा मात्र भोट हालेको छु, अन्त त हात गए पो ।’

बुढेसकालमा आएर पार्टी नफेर्ने उनी बताउँछन् । ‘यसपाली पनि म सुर्यमा नै भोट लगाउँछु, मर्ने बेलामा अर्का पार्टीमा किन जानु ? जाइदैन ।’ 
सुर्य र छाताको चुनावी तालमेल छ नी ? भन्ने प्रश्नमा उनी थप्छन् ‘त्यो मलाई थाहा छ संघमा चै छातालाई दिने हो, अरु दुईटा सुर्य त छदैछ ।’ 
अर्का स्थानीय सरण बहादुर श्रेष्ठको पनि सोच भवनाथको जस्तै छ । उनी पनि पार्टीमा इमानदारीताका साथ भोट खसाउने बाचा गर्छन । उनी भन्छन् ‘उहीले देखी नै सुर्यमा भोट हाल्दै आइयो, बुढेसकालमा यता र उता किन गर्नु ?, भोट त सुर्य र छातालाई नै दिन्छु ।’ 
यी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता कयौं जेष्ठनागरिकहरु सुर्यमा मत खसाल्न मंसिर ४ पर्खेर बसेका छन् । 
घरदैलो पुगेका उम्मेद्वार पनि जेष्ठ नागरिकको आशिर्वाद लिइरहेको देखिन्छन् । एक सय रुपैयाँदेखी सुरु भएको नेकपा एमालेले दिन सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुगेको छ ।
सत्ता गठबन्धनको चर्को मुल्य बृद्धिका कारण मासिक पाउने ४ हजारले नपुगेको उनीहरु गुनासो गर्छन । ‘ एक कप चियाको दाम २० रुपे पुग्यो, महंगीमा झन कांग्रेसको सरकार आएपछि त किनी खानु के सक्नु ?’ धरान १३ का गणेश बहादुर राई भन्छन् ‘अब केपीको सरकार आएपछि भत्ता बढाउला नी ! हाम्रो भत्ता पाँच हजार पु¥याउँछ भन्ने आशा छ ।’
सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने विषयमा आसन्न निर्वाचनपछि एमाले सरकारले काम गर्ने बताउँदै आएका छन् । सुनसरी १ का एमाले जसपाका उम्मेदवारहरुले पनि ज्येष्ठ नागरिकको मनोभावना बुझेर चोकचोकमा ज्येष्ठ नागरिक पार्क बनाउने प्रतिबद्धता गर्दै आएका छन् । सामाजिक सुरक्षासँगैको ज्येष्ठ नागरिकलाई सहज जीवनयापनका लागि नीतितग योजना निर्माणमा आफूहरुको ध्यानाकर्षण भएको सुनसरी १ प्रदेश सभा ‘क’ का उम्मेदवार रमेश कुमार बस्नेत बताउँछन् ।