धरान/ नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान १८ का वडाअध्यक्ष प्रविण राईले जितको शुभकामना दिएका छन् । 

मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँग सँगै जनप्रतिनिधीहरुले पनि वडा वडामा वधाई तथा शुभकामना दिएका छन् । 

मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता मत माग्न घरदैलो अभियानमा थिए । धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोण सभाको तयारी रहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोणसभा स्थलमा नै पुगेर जितको शुभकामना दिएका हुन् । ‘जितेर जानुस्, धरानको लागि विकास अनि सम्वृद्धिको पाटोमा उदाहरणीय काम गरेर देखाउनुस जनता सदैव विकासप्रेमीको पक्षमा छन ।’वडाध्यक्ष राईले भने ।  

धरान वडा नम्बर १८ का मतदाता पनि उम्मेदवारलाई आगामी मंसिर ४ गतेको चुनावमा एमाले र जसपाको साझा उम्मेदवारलाई भोट हालेर जिताउन आतुर देखिएका छन् । घरदैलोमा रहेको उम्मेदवारसँग वडाको विकास र समग्र धरानको विकासको लागि आसाको केन्द्र भएको भन्दै शुभकामना दिए । वडा नम्बर १८ का कुमार राईले धरानको खानेपानी समस्या दीर्घकालिन समस्या भएकाले पुरा गर्नका लागि आग्रह गरेका छन् ।  

कोणसभामा प्रतिनिधि सभाका उम्मेदवार अशोककुमार राईले चुनाव जितेर गएपछि स्मरणीय काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘म धरान निवासी भईसकेको छु,मेरो जीवन धरानसँग लामो संवन्ध रहेको छ,त्यसैले धरानको विकास गर्न म धरानवासी भएर चुनाव लड्दैछु, त्यसैले मंसिर ४ गते छाता र सूर्यमा मतदान आम मतदाताहरुमा आग्रह गर्दछु ।’ 

उम्मेदवार राईले वडा नम्बर १८ मा रहेको प्रतिष्ठित गहना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप प्रभावकारी वनाउन स्तरउन्नती गरेर सेवालाई अझै गुणस्तरीय वनाउने पनि प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘धरानको समस्या खानपानी समस्या हो, यसको समाधान गर्न पनि मेरो उम्मेदवारी हो, यहाँका नगरपिताले जुन कुरा खानेपानी समस्या समाधानको प्रयत्न गर्दै हुनु हुन्छ, म थप त्यसका लागि कोशीको पानी खुवाउन प्रतिवद्ध छु ।’

कोणसभामा निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राईले मंसिर ४ पछि स्थायी सरकार बनाउन एमाले जसपा तालमेल आवश्यक भएको बताए ।