धरान । राजनैतिक दल र स्वतन्त्र उमेद्धारहरुले आफ्नो प्रतिनिधि दिन नसक्दा सुनसरी क्षेत्र नम्बर १ को मतगणनामा ढिलाई भएको छ । मतगणनाका लागि उमेद्धारका प्रतिनिधि दिउसो १ बजे अगाडी नै उपलब्ध गराउने र १ बजेदेखि मतगणना गर्ने सर्वदलिय सहमती भएको थियो । तर उमेद्धारहरुले आफ्नो प्रतिनिधि दिन नसक्दा मतगणना सुुरु हुन नसकेको हो । धरान ८ स्थित सभागृहमा मतगणना गर्ने तयारी गरिएको छ । सुनसरी निर्वांचन क्षेत्र १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेका छन् । हिजो भएको मतदानमा ७८ हजार ८९३ मत मात्र खसेको छ । अधिकृत अर्यालका अनुसार यो खसेको मतप्रतिशत ५५ दशमलव ६१ प्रतिशत मात्र हो।