धरान / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब,  असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।

वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो ।

वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा  उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए ।

समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकिएको हो । यसलाई निरन्तरता दिँदै आगामी दिनमा सेवालाई प्रभावकारी बनाउने योजना रहेको संयोजक शोभा विश्वकर्माले बताइन् । वडामा रहेका गरिब तथा विपन्न र सुत्केरीलाई लक्षित गरी कार्यक्रम ल्याएको बताउँदै यसलाई दीर्घकालीन रुपमा अगाडि बढाउने योजना रहेको संयोजक विश्वकमाले बताइन् । यस कार्यले वडाबासीहरुलाई स्थानीय सरकारको आवास भएको छ । सर्वसाधारणले पनि वडाले गरेको कामलाई सह्रानीय मानेका छन् । उनीहरुले वडा कार्यालयलाई धन्यवाद समेत दिएका थिए ।