धरान / विगतमा कोभिड संक्रमणले पु¥याएको धनजनको क्षतिलाई मध्यनजर गरी भारतबाट प्रवेश गर्ने पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेस्क राखिएको भएको छ ।

विगतको कारोना कालमा पनि सञ्चालनमा ल्याएको हेल्ट डेस्किलाई छिमेकी मुलुक चीनमा नयाँ भेरियन्ट कोरोना भाइरसको सक्रमण फैलिन थालेपछि पूर्वी नाका काँकरभिट्टामा पुनः  हेल्थ डेक्स सञ्चालनमा ल्याउन लागिएको हो । 

नेपाल–भारतबीच खुल्ला सिमानाका कारण निर्वाध रुपमा आवातजावत हुँदा कोरोना संक्रमण फैलिने भन्दै काँकडभिट्टामा हेल्थडेस्क राख्न लागिएकोे प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य माक्स लगाउन लगाउने र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

उनले भने–‘कोरोनाको जोखिममलाई मध्यनजर गरी हामीले हेल्थडेस्क लाग्न लागेका हौं, भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरेर हेल्थडेस्क राख्ने तयारी गरेका हौं ।’ यस विषयमा वृहत बठक बसेको थियो  ।  बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमत्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।