धरान / धरान स्थापना भएकोे अवसर पारेर धरान उपमहानगरपालिकाले धरान उत्सव बुधबारबाट सुरु भएको छ । उत्सवको उद्घाटन प्रतिनिधिसभाका संसाद  अशोक राईले गरेका छन् ।

उद्घाटन पछि बोल्दै प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सांसद राईले लोकतन्त्रको एउटा विधि निर्वाचन भएको बताएका छन् ।  उनले लोकतन्त्र धेरैको बलिदानीबाट आएको बताउदै चुनावमा प्रतिष्र्धा गर्दा कोही हारेको नभई जितेको भने जिम्मेबारी बढेको बताए ।          

अहिलेको उपलब्धीलाई जोगाउन सबै पक्ष लागि पर्नुपर्नेमा जोड दिए । उनले भने–‘मुलुकमा तीनतहकै निर्वाचन सम्पन्न भइसकेका छन् निर्वाचनपछि मुलुकले प्रधानमन्त्री समेत पाइसकेको छ, भर्खर गठन भएको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्, मुलुकले निकास पाएको छ, अब सबै मिलेर सम्बृद्ध नेपालको परिकल्पना गर्नुपर्छ ।’

प्रदेश नं. १ अन्तर्गतको सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सांसदमा विजय बन्नुभएका राईले धरानको समस्या धेरै भएकोले यसको समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिऐ  ।

धरानको सबैभन्दा जटिल समस्या रहेको खानेपानी समस्या समाधानमा मेयर साम्पाङ लागेकोप्रति सकारात्मक भएको बताउदै मेयर एक्लैले सम्भव नहुने भएकोले सबैले यसको समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘धरानको खानेपानी समस्या समाधान गर्ने भनेर मेहरसाब निर्वाचित भएर आउनु भएको छ, उहाँले मात्रै एक्लै गर्न सम्भव छैन, सबै मिलेर धरानको खानेपानी समस्या समाधान गर्नुपर्छ ।’

उनले दुई वटा सडकले धरानलाई भविष्यमा छुने बताउदै धरान उहाँल धरानको भविष्य चाडै नै उज्वल बन्ने र्संकेत देखिएको बताए । धरान लेउतीको सुरुङमार्ग भौतिक पूर्वाधार मन्त्रालयले डिडेल सर्भेै गरिसकेको बताउदै यो निर्माणका लागि बजेटको सुनिश्चिात हुन बाँकी रहेको बताए् ।

सुरुङ मार्ग बनाउँदा जलाधार क्षेत्रलाई नमासिने गरी सर्भे गर्न धरान उपमहानगरपालिकाका मेयर उपमेयर आफू स्वयम् भौतिक मन्त्रालय गएर अनुरोध गरेको बताए । उनले भने–‘धरानबाट लेउतीसम्मको ६ किलोमिटर सुरुङमार्ग र मदन भण्डारी राजमार्ग यही धरानलाई छोएर पश्चिमतिर जाँदैछ, सुरुङमार्ग र मदनभण्डारी राजमार्ग बन्न सके धरानको भविष्य पहिलाकै जस्तै उज्जल देखिने संकेत देखिएको छ ।

यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्राकृतिक स्रोत सम्पादाले धनी, पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित धरानलाई यो महोत्सवले प्रवद्र्धन गर्न अझ मद्धत पुग्ने बताए ।

उनले स्थानीय स्तरमै उद्योग स्थापना गरि यहाँका सर्वसाधारणलाई स्वरोजगारी बनाउने योजनासहित धरानको दीर्घकालीन समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए । सकारात्मक कामहरुमा धेरै बाधाहरु आउने भए पनि यस्ता बाधालाई चिर्दै गए मात्र सफलता हासिल हुने उनको भनाई थियोे ।

उनले निर्वाचित भएपछि खानेपानीको समन्धमा धेरै काम गरेको दाबी समेत गरे । उनले धरानलाई श्रम संस्कृतिको विकास गर्ने काम आफूले शुरुवात गरेको दाबी गरे ।

उनले भने–‘श्रमदान गर्नुपर्छ भन्ने उद्देश्य बोकेर काम थाल्ने बित्तिकै यो अभियानलाई सघाउन धरानबाट मात्र हैन सबैतिरबाट सघाउन आए, श्रमसंस्कृतिको विकास धरानबाट भएको छ, श्रम गर्ने बानीले स्थानीय स्तरको विकास हुन्छ ।’

उद्घाटनअघि धरानका विभिन्न जातजातिको साँस्कृतिक पहिचान झल्काउने झाँकीसहितको ¥याली, विद्यालयका विद्यार्थीहरु, सामाजिक संघ संस्था लगायतको ¥यालीले बजार परिक्रमा गरेको थियो । परिक्रमापछि धरान १२ पब्लिक हाइस्कूलमा पुगिसकेपछि उद्घाटन कार्यक्रम शुरु भएको हो ।

.उद्घाटन कार्यक्रममा धरानका पूर्व मेयर, वर्तमान मेयर उपमेयर, वडाध्यक्षहरु, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, जातीय संघ संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमकै समयमा सो स्थलमा हेलिकोप्टरबाट पुष्पवृटि समेत गरिएको थियो ।

यस्तै महोत्सव अन्तर्गत बुधबारै विहान ८ बजे भुपेन्द्र स्मृति पार्कको उद्घाटन समेत गरिएको थियो । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु समेत रहेका छन् । महोत्सवभरि विभिन्न प्रकारका खेलकुदका कार्यक्रमसँगै प्रत्येक दिन नेपालको लोकसंस्कृति झल्कने लोकदोहरीको समेत प्रस्तुत हुने भएको छ ।