धरान / तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिवारदेखी धरानमा  सुरुवात भएको छ । किरात राई  यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई  कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा धरान १० स्थित यलम्बर स्मृति सग्राहलयको सभाहलमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

 लोकसेवा   कक्षाको उद्घाटन सुनसरी  १ का प्रतिनिधीसभा सदस्य ससद अशोक कुमार राईले गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले राज्य सबैको भएकोले राज्यको हरेक निकायमा सबै जात जाती समुदायको सहभागिता रहनु पर्ने बताए  ! उनले निजामती सेवालाई राज्यको स्थायी सरकारको रुपमा लिने गरिएको बताउदै लक्ष्य प्राप्तिका लागि कतिबद्ध भएर लाग्न प्रशिक्षार्थीहरुलाई सुझाब दिए ।

यायोक्खाको प्रशसनिय कार्य अन्य समुदायले पनि सिको गर्दै लानुपर्नेमा ससद राईको जोड थियो । आयोगको तयारी कक्षामा प्रदेश न १ को १० जिल्लाबाट राई समुदायका १ सय ४० जनाको सहभागिता रहेको किराया जिल्ला कार्यसमिती सुनसरीका अध्यक्ष राजेन्द्र राईले  जानकारी दिए । उनका अनुसार राई जातिको चाम्लिङ, बान्तावा, खालिङ, दुमी, पुमा लगायतका १७ भाषिक समुदायको सहभागिता रहेको छ । 

तीन महिनासम्म सञ्चालन हुने लोकसेवा आयोग तयारी कक्षामा सहभागीहरुलाई महालेखापरीक्षक कार्यालयका निर्देशक योग्य प्रसाद राई, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक तिर्थ राज राई, उदयपुरको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित १२ जनाले प्रशिक्षण गराउने किराया जिल्ला कार्यसमिती सुनसरीका सचिव नबिन राईले जानकारी दिए !

कार्यक्रममा सँघीय साँसद सुशिला श्रेष्ठ, पुर्व सिडिओ प्रेम वान्तावा राई, यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्प ध्वज राई, किराया कर्मचारी मञ्चका प्रदेश तथा विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।