बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले कुल बजेटको २८.३५ खर्च गरेको विवरण प्रस्तुत गरेको छ । एघारौ नगरसभामा खर्च विवरण प्रस्तुत गर्दै खेलक्षेत्रमा योगदान पुर्‍याएका १८ जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।

शनिबार बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको थियो । 

 नगर सभामा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को (संशोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा कृषि पर्यटन र पूर्वाधारमा जोड दिइएको थियो । प्रस्तुत बजेटमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ( गत वर्षको मौज्दात समेत ) २५ करोड, नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा  संघीय सरकारबाट आउने सशर्त अनुदान ४१ करोड २७ लाख,  वित्तीय समानिकरण अनुदान संघ २१ करोड ४८ लाख यथार्थ बित्तिय समिकरण अनुदान प्रदेश १ करोड २० लाख, राजश्व बाँडफाट संघ १५ करोड ९४ लाख २३ हजार , प्रादेशिक सशर्त अनुदान ६१ लाख २३ हजार , समपुरक अनुदान प्रदेश १ करोड , प्रदेश राजश्व बाडफाट ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ गरेर १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँ बजेट सार्वजनिक  गरिएको थियो । 

कुल बजेट मध्येबाट आर्थिक विकास ४ करोड ५६ लाख २७ हजार १ सय ३० रुपैयाँ , सामाजिक विकास ४६ करोड ५७ लाख ३९ हजार ८ सय, पुर्वाधार विकास ३६ करोड ८१ लाख ८० हजार, सुशासन तथा अन्तरसम्बन्धि क्षेत्र २ करोड ६० लाख ४५ हजार र कार्यालय सञ्चालन तथा प्रशाशनिक १६ करोड ८६ लाख ५० हजार   विनियोजन भएको छ । जसमा नगरपालिकाले २०७९ पौष मसान्तसम्म जम्मा खर्च ३० करोड ४५ लाख ९० हजार ८ सय ९४ रुपैया ३६ पैसा जम्मा खर्च भएको जनाएको छ ।

जस अन्तर्गत  आर्थिक विकास ४७ लाख ६७ हजार २सय ८८ रुपैया, सामाजिक बिकास तर्फ १७ करोड १४ लाख २९ हजार ९९ सय , पुर्बाधार बिकास तर्फ ३ करोड ६९ लाख ८५ हजार ४ सय ३३ रुपैया , सुशासन तथा अन्तर सम्बन्धित ५७ लाख ८९ हजार १ सय ६७ रुपैया , कार्यालय सञ्चालन तथा प्रशासनिक ८ करोड ५६ लाख १९ हजार ९ सय खर्च भइ कुल बजेटको २८.३५ प्रतिशत खर्च भएको खर्च विवरण उपमेयर सुनुवाईले सार्वजनिक गरेकी थिइन् ।