धरान / धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् । छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । 

त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् । उनको गोल नै खेलका लागि निर्णायक बनेको थियो  ।

प्रतियोगितामा १२ टिमले सहभागीता जनाएका थिए । खेलमा उत्कृष्ट गोलकर्ता डिसिएम सोसाइटीका प्रनिश राई घोषित भएका थिए भने वेष्ट गोलकिपर विवस श्रेष्ठ घोषित भएका भए ।

पुरुष तर्फको विजेता टिमले नगद ८ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए उपविजेता टिमले नगद ५ हजार र मेडल प्रमाण पत्र प्राप्त गरेका थिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले  ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । 

विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर खेलकुदको माध्यमबाट पनि अघि बढ्नुपर्छ र शरीरलाई पनि व्यायाम गर्नुपर्छ भन्ने उदेश्यले खेलको आयोजना गरिएको डिसिएम सोसाइटीका सदस्य प्रमुख प्रथम अग्रवालले जानकारी दिए ।