मोरङ /  विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कुलमा ‘ग्रेडेड स्पोट्र्स मिट २०७९’ सुरु भएको छ । 

स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । बुधबारसम्म सञ्चालन हुने स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ ।

स्पोट्र्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यार्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताए । स्पोट्र्स मिटको विजेताहरूले आकर्षक ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।