मोरङ/ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् । 

विराटनगर महानगर पालिकाको सभा हलमा आयोजित प्रतियोगितामा १९ जना  प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् ।

5

विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई  द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र अर्थशास्त्री डा. भेषप्रसाद धमलाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।