धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।

उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए ।

329785647_708342820767972_5525542427516438126_n

उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँदा भेलेन्टाइन डेमा गुलाफको फूल बढी प्रयोगमा आउने बताउँदै यसका लागि फ्लोरीकल्चर एसोसिएसनको के गर्दैछ, प्रदेश एकमा एसोसिएसनले व्यवसायी प्रवद्र्धनका लागि के काम गर्छ भन्ने प्रश्न गरे । उनले अनुदान दिँदा व्यवसायीबीचमा एकरुपता नहुँदा समस्या हुने बताए ।

धरानमा जारी पाँचौ पुष्प प्रदर्शनी मेलाको उद्घाटनका अवसरमा उनले व्यवसायीलाई प्रदेश सरकारको कृषि ऐन सम्बन्धी जानकारी दिँदैे फूल व्यवसायको लागि ऐन निर्माण भएको भएपनि  मौरी पालन र च्याउ खेतीमा युवाहरु लागे पनि प्रदेश सरकारमा यी दुई व्यवसायलाई हेर्ने कुनै निकाय नभएको बताए ।

Banner-picBanner-picpuuusspusssss

सचिव तिम्सिनाले कृषि ऐन नियमको कुरा उल्लेख गरिरहँदा प्रदेश १ का प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्री भक्तिप्रसाद सिटौलाले भने नेपालका कृषि व्यवसायी व्यवसायिक नहुँदा समस्या भएको बताएका छन् । उनले कृषिमा व्यवसायिकता नआएमा अनुदान र राज्यको सहयोगले मात्र केही नहुने बताए ।

उनले सधै एउटा उद्योगले उठाउँदै गरेको कृषि सामग्री दुई रुपैयाँ नाफा हुने वित्तिकै अर्कोलाई दिने प्रवृत्तिले व्यवसायिक प्रवद्र्धन हुन नसकेको प्रष्ट पारे । उनले  उनले यस क्षेत्रको विकासका लागि विशेषज्ञ उत्पादनमा जोड दिनुपर्नेमा जोड दिए ।

कृषि क्षेत्रमा स्थानीय सरकारले समेत केही नगरेको विषयमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्दविक्रम बेघाले कृषिमा आत्मनिर्भर बनाउँदै बाहिरका उत्पादनलाई निरुत्साहित गर्ने काममा तीनै तहका सरकार लाग्नुपर्नेमा दिएका छन् ।

यता व्यवसायीहरुले भने पहिलाको तुलनामा व्यवसाय बढेपनि व्यवसायिक प्रवद्र्धनमा भने चुनौति भएको बताएका छन् ।  पुष्प व्यवसायी रामकुमार राईल अनुदान लिँदा झन्झिटलो प्रक्रिया भएकाले पनि थाहा हुदाहुदै अनुदान लिन नसिएको बताए । उनले भने–‘अनुदान लिँदा झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रिया पूरा गर्न कृषकलाई महिनौदिन पनि लाग्न सक्छ, अनुदानमा पनि राजनीतिकरण छ, यसले गर्दा वास्तविक कृषकले अनुदान नै पाउँदैनन् ।’

उनीहरुले व्यवसायिक प्रवद्र्धनमा अब भने एक जुट भएर जानुपर्ने आवश्यकता भएको औल्याएका छन् । कृषि क्षेत्रमा सम्भवना बढी भए पनि कृषि पेशाबाट नैराश्यता उब्जिएर पेशा छाड्ने धेरै भएको बताएका छन् ।