दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले फाइनल यात्रा सुरक्षित गरेको छ । 

झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समयको पहिलो हाफसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेछ । दोस्रो हाफको १७ औँ मिनेटमा झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । धिमालले गोल गरेको चार मिनेटपछ अर्थात् २१ औँ मिनेटमा डाँगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले एक  गोल फर्कार आफ्नो टिमलाई बराबरीमा पुर्‍याए । 

df

त्यसपछि कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा दमक फुटबल एकेडेमी झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ५–४ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । खेलको म्यान अफ द म्याच झापाका गोल रक्षक योगेश धिमाल घोषित भए ।

उनलाई दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष मेहदि हुसैन र हाजी लाल मोहमदले संयुक्तरूपमा नगद २ हजार ५ सय र  मेडल प्रदान गरे । बिहीबारको दोस्रो सेमीफाइनल खेल आयोजक मेमोरी युवा क्लब सुनसरी र इटहरी फुटबल क्लब सुनसरीका बीच हुने आयोजकले जनाएको छ ।

शनिबार हुने फाइनल खेलबाट विजेता हुनेले  उपाधी सहित २ लाख नगद तथा ट्रफी र उपविजेताले १ लाख नगद तथा ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष खड्गनारायण माझीले जनकारी दिए ।