मोरङ /  चौथो संस्करणको मिसेस कोशीको ताज पहिरन १७ जना प्रतियोगीले फाइनलमा प्रतिस्पर्धामा गर्ने  भएका छन् । 

मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगीहरुबाट १७ जना फाइनलको लागि छनौट भएका हुन् । 

प्रारम्भिक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बाहिरिएका छन् । फाइनलमा १७ जना प्रतियोगी प्रतिस्पर्धामा उत्रिने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ नीशा खतिवडाले जानकारी दिइन् । 

फाइलनमा पुग्नेहरुमा  विराटनगरकी ज्योतीशाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् । धरानबाट रीता राई, शान्ति धिमाल र ललिता राई रहेका छिन् । त्यसैगरी इटहरीबाट प्रतिक्षा पाण्डे, कटहरीबाट सुजिता सरदार, कर्सियाबाट गीता राजवंशी, काकरभिट्टाबाट शिखा लिम्बु र पोखराबाट ममता खड्का (उर्मिला) फाइनलको प्रतिस्पर्धामा रहेकी छिन् । 

प्रतियोगिताको फाइनल फागुनकोे दोस्रो हप्तामा विराटनगरमै हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।