धरान एक्स्पो २०७९ सुनसरी उद्योग वाणिज्य संघको आयोजना लाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । 

दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन मा हुदै छ । 

प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्रदान गराउनु एक्स्पोको मुख्य उद्देश्य हो सुनसरीको बजारलाई चालयमान बनाउँदै समग्र देशको आर्थिक अवस्थालाई सबल बनाउन थोरै भएपनि योगदान दिने हाम्रो लक्ष्य हो ।    एक्स्पो २०७९ मूल आयोजक समितिका संयोजक एवम् आयोजक सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बतमए  ।