धरान । नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा पुर्व मन्त्री राजेन्द्रकुमार राईले नेकपा एमालेका हरेक कार्यकर्तालाई खर्चमा भन्दा  उत्पादन (आय) मा जोड दिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अब हरेक एमाले कार्यकर्ता उत्पादनसँग जोडिनुु पर्नेमा जोड दिएमा छन् ।

 नेपालीहरुको आम्दानी भन्दा खर्चगर्ने प्रबृति रहेको भन्दै अब हरेक ब्यक्ति उत्पादनसँग जोडिनुु पर्ने उनको तर्क थियो । नेकपा एमालेको मिसन ग्रास रुट अन्र्तगत सोमबार नेकपा एमाले मजदुर शाखा कमिटीले आयोजना गरेको विषेश कार्यक्रममा प्रमुख अतिथीको मन्तब्य राख्दै राईले कम्युनिष्ट पार्टिको मुुटुुनै मजदुरहरु भएको बताए । मजदुरको सम्मान र मजदुरको सुरक्षा एमालेको पहिलो प्राथमिकता हो,तपाईहरु उत्पादन (आय) सँग जोडिनुुहोस्,एमालेले त्यसलाई संस्थागत गर्छ उनले भने ।

 कार्यक्रममा बोल्दै मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम राई ज्वालाले आब हरेक स्थानिय पालिकामा मजदुर डेक्स निर्माण गर्नु पर्ने बताए । उनले हामीले त्यो मिसन बोकेर हिडेका छौ,अब हरेक पालिकामा मजदुर डेक्स हुनुु पर्छ,मजदुुरले सम्मानजक ज्याला पाउने वातावरण स्थानिय पालिकाले ज्ञारेण्टी गर्नु पर्छ उनले भने ।

नेकपा एमालेका मजदुरहरुको सक्रियता र संगठन देखेर तर्सिएका विपक्षिहरु मिसन ग्रासरुटका बारेमा भ्रामक कुराहरु गर्दै हिडेको भन्दै उनले एमाले मजदुर र किशानको पार्टि भएकाले कसैले डाहा गर्नुको तुक नरहेको स्पस्ट पारे । 

कार्यक्रममा नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले शुुभकामना मन्तब्य दिएका थिए । एमालेले धरानमा मिसन ग्रासरुट अभियानलाई तिब्रता दिएको छ । कार्यक्रममा मिसन ग्रास रुटका अभियान्ता तथा नेकपा एमाले प्रदेश कमिटीका सदस्य प्रमोद शेर्पा सहित प्रदेश जिल्ला तथा नगरका नेतााहरुको उपस्थिीती रहेको थियो ।