धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा योजना तथा बजेट माग गर्न सिंहदरबार गएको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ ।

धरानका दिर्घकालिन विकाशका योजनाहरुमा केन्द्रिय सरकारको बजेट आवश्यक भएको भन्दै मेयर साम्पाङ नेतृत्वको प्रतिनिधि टोलिले सिंहदरबारमै गएर प्रधानमन्त्रीलाई योजनाहरुपनि बुझाएको छ ।

मेयर साम्पाङ सहित उपमेयर अइन्द्रविक्रम बेघा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलि योजना तथा बजेट माग गर्न सिंहदारबार गएको थियो । प्रतिनिधि टोलिलाई भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धरानका समग्र विकाशका योजनामा आफ्नो पुर्ण सहयोग रहने बताएको प्रतिनिधि टोलिका एक सदस्यले जानकारी दिए ।