धरान । ब्यापार ब्यबसायमा मन्दी आएपछि आर्थिक संकट खेपिरहेका ब्यापारीलाई बैकहरुले ‘असभ्य दबाब’ दिन थालेका छन् । 

बैकहरुले किस्ता तथा ब्याज तिर्न नसकेका ऋणीहरुलाई सम्पती लिलाम गरिदिने,सबै बैकमा सकुुलर पठाउने,सस्तो दाममा किन्ने मान्छेलाई सम्पती बेच भन्ने तथा ऋणीले खर्च बेहोर्ने गरि घर अगाडी सेक्युुरिटी गार्ड राखिदिने जस्ता कार्य गर्न थालेको ऋाण्ीहरुले बताएका छन् । यो बेला न ब्यापार चलेको छ,न भएको सम्पती विक्छ यस्तो बेलामा बैकहरुले सामाजिक बद्नामी हुने गरि कार्यहरु गर्न थालेको पाइएको छ ।

 अहिले एनआइसी एसिया बैकले असभ्य बबाद दिन थालेको ब्यापारीहरुको गुुनासो छ । हामीले ऋण लिएको हो अपराध गरेको हैन,हिजो सहज हुदा हामीले बर्षै सम्म एक दिन तलमाथि नभई सावा ब्याज बुुझाएकै हो तर अहिले अफ्ट्यारो परिस्थितीमा यो गरेको असभ्य बबादले निकै ठुुलो मानसिक तनाब हुन थालेको छ धरानका एक ब्यापारीले भने यस्तै अबस्था हो भने भाग्नुु वा आत्माहत्या गर्नुुको विकल्प छैन ।

 असहज परिस्थिती भएको थाहा हुदा हुदै दबाब दिनुु भनेको असल नियत देखिदैन उनले भने ‘मैले सम्पती दिएर पैसा लिएको तिर्न नसके आफ्नो प्रकृया गर्दा हुने कुरामा किन मानसिक दबाब दिदैछन् बैक ? उनले प्रतिप्रश्न गरे ।

 ९ प्रतिसतमा लिएको ऋणको ब्याज अहिले १५ प्रतिसत लिएको छ,मेरो ब्यापारले थाम्ने नै ९ प्रतिसत हो भने बाकी ६ प्रतिसत मैले कहाँबाट ल्याएर तिर्नु ? उनले प्रश्न गरे । बैकले जे गर्दा नी हामीले सहनुुपर्ने बाध्यता नभएको भन्दै उनले यस्तै अबस्था रहे बरु कानुुनी कारबाही भोग्ने तर प्रतिकारमा जाने बताए ।

 इटहरीका विक्रम तिम्सीनाको घरमा तिनदिन देखि एनआइसी एसिया बैकले गार्ड राखेको भन्दै सामाजिक सञ्जालमा सबैलाई जानकारी दिएका छन् । उनले सभ्य भाषामा बैकको ज्याजतीलाई सामाजिक सञ्जालमा लेखेका छन् ‘यो बैकको नियमित कार्य हो ।