धरान / धरान १६ स्थित नवोदय विद्या मन्दिरले अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

शनिबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई खेदकुद तथा बार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

vvvvvvvvvvvv

धरान उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्य तथा नवोदय विद्या मन्दिरका अध्यक्ष ज्ञानेश्वर झाको आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

v

नवोदय विद्या मन्दिरका प्रिन्सिपल डम्बर तुम्बाफोले अभिभावक दिवसको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको बताए ।

सो अवसरमा हट पोटेटो प्रतियोगिता, चक्लेट रेस प्रतियोगिता, मार्वल रेश लगातका कार्यक्रमको आयोजना गरेको थियो । बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लगायत खेल प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिल डम्बर तुम्बाफोले पुरस्कार वितरण गरेका थिए । 

vvv

सो अवसरमा बोल्दै वडाध्यक्ष भट्टराईले नवोदय विद्या मन्दिर धरानको मात्र हैन कोशी प्रदेशकै शैक्षिक हव भएको बताएका थिए । उनले होटल म्यानेजमेन्ट शंकायमा यो विद्यालयले धेरै छिटो फड्को मारेको बताउदै धेरै धेरै विद्यार्थीले यस विद्यालयबाट अध्ययन सकेर भविष्य निर्माण गरेको बताए ।

vvvvvvvvv

उनले भने–‘आज अभिभावक दिवसमात्र हैन विद्यार्थीहरुले एक वर्ष मेहनत गरेको प्रतिफल सुन्ने दिन पनि हो ।’

सो अवसरमा विद्यार्थीहरुले साँगीतिक कार्यक्रम, नाटक, तथा कविता प्रस्तुत गरेका थिए ।