झापा / मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार  आर्थिक बर्ष २०७९/०८० को फागुन मसान्तसम्म आठ महिनामा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० अदुवा र सुठो भारत निर्यात भएको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार आर्थिक बर्ष ०७८/०७९ को सोही आठ महिनामा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार ५ सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । 

सोही आर्थिक बर्षको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निर्यात भएको थियो । 

यसैगरी आर्थिक बर्ष ०७९/८० को फागुन मसान्तसम्म ८ महिनामा नेपालबाट ५ करोड ८४ करोड ७६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी अलैची भारत निर्यात भएको थियो । आर्थिक बर्ष ०७८/०७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट तीन अर्ब, २२ करोड २७ लाख २२ हजार रुपैया बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैची भारततर्फ निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सोही आर्थिक बर्षको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार रुपैया बराबरको ५२ लाख ८० हजार ४ सय ४२ केजी भारत निर्यात भएको थियो ।

मेची भन्सार कार्यालयले जनाए अनुसार आर्थिक बर्ष ०७९/८० को फागुन मसान्तसम्म ८ महिनामा नेपालबाट १ अर्ब १० करोड ९१ लाख रुपैया बराबरको ३ करोड ६८ लाख ७८ हजार ६ सय ६ क्युवीफिट  प्लाइउड भारत भारत निर्यात भएको छ ।

  आर्थिक बर्ष ०७८/०७९ सोही ८ महिनाको अवधिमा नेपालबाट २९ करोड ७ लाख ४ हजार मूल्य बराबरको ४ लाख ६४ हजार ४ सय ५८ क्युवी फिट प्लाइउड भारत निकासी भएको थियो । सोही आर्थिक बर्षको १२ महिनामा भने १० करोड ८९ लाख ५२ हजार रुपैया बराबरको २४ लाख ५० हजार ८ सय २२ क्युविफिट प्लाइउड भारत निकासी भएको थियो ।

पूर्वी पहाडी जिल्लामा अलैची र अदुवाको खेति हुने गरेको छ भने प्लाउडका कारखाना अधिकांश यहाँको जिल्लामा हरेको भएपनि यसको कच्चा पदार्थको रुपमा प्रयोग हुने रुखहरु भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।

विगतका बर्षहरुमा अलैची र अदुवाको माग भारतमा बढेकाले कृषकले उत्पादन गरेको अलैची र अदुवाले मूल्य पाएको छ । मूल्य पाउँदा कृषकहरु उत्साहित भएका छन् ।