धरान / युएन नबोदय कलेज धरानको ११ औ बार्षिकोत्सब तथा स्वागत र बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले बिबिएस र बिएचएम पहिलो बर्षलाई स्वागत गरेको र बिविएस चौथो बर्ष र कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको प्रिन्सिपल डम्बर कुमार तुम्वाफोले जानकारी दिए ।


स्वागत र बिदाई हुनेलाई क्याम्पस प्रमुख तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, राम लिम्बू लगायतले अबिर खदा लगाएर विदाई गरेका थिए ।

unnuuuun

नेपाल परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम कलेजका म्यानजिङ डाइरेक्टर ज्ञानेश्वर झाले गरेका थिए । सो अवसरमा बोल्दै निर्देशक पौडेलले युएनले कोशी प्रदेशमा शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

uuu

यस्तै विशेष अतिथ धरान १५ का वडाध्यक्ष नरेश इवारामले युएनले होटल मेनेजमेन्टमा धरानमात्र हैन कोशी प्रदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । 

unf

सो अवसरमा बिबिएस बाट बेस्ट स्टुडेन्ट अफ द इयर दिलमान राई, प्लस टु बाट बेस्ट स्टुडेन्ट अफ द इयर स्वस्तिका थापा मगरलाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।

uk

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत नृत्य र कविता समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा धरान माविका प्रिन्सिपल चित्रप्रसाद ढुंगेलेको समेत उपस्थिति रहेको थियो ।

ujhuuunn

uuuuuuuuuuuu