दुहवी / बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको  क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशका सुनसरी मोरङ झापा उदयपुर र इलाममा खेलाडी छनौट कार्यलाई तिब्रता पारेको छ । 

कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले पत्रकार सम्मेलन  मार्फत मार्फत जानकारी दिएका छन् । 

दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा सोमबारदेखि सुरु भएको अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल हुने बताइएको । छनौट प्रतियोगिता बैशाख ८ गते सम्म सञ्चालन हुने  नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशीले जनाएका छन ।

नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिताको उदघाटन खेलका प्रमुख अतिथि नेपाल क्रिकेट संघका  केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठले छोटो समय २ दिन भित्र प्रदेश स्तरीय छनौट प्रतियोगिता गर्न सक्दो मेहनत गरेको बताए ।