मोरङ /  विराटनगर–८ स्थित अम्बे मुरारी सेवा केन्द्रले सञ्चालन गरेको १५ दिने घरेल तालिमको समापन गरिएको छ ।

 विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थियितमा तालिम सम्पन्न भएको हो । 

तालिममा जुत्ताचप्पल बनाउन सिकाइएको थियो । तालिममा ३० जना महिलाको सहभागिता रहेको सेवा केन्द्रकी सचिव लक्ष्मी चौधरीले जानकारी दिइन । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सो अवसरमा मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । 

संस्थाकी संस्थापक अध्यक्ष भारती पोखरेलले सेवा केन्द्रले विगतदेखि नै सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् । सो अवसरमा समाजसेवी गणेशप्रसाद पोखरेल, महिला उद्यमी सुनिता छाराहाङ, प्रशिक्षक मालती आचार्य, आयोजक संस्थाका महासचिव गंगाप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरे । 

विराटनगरमा १५ दिने घरेलु तालिम सम्पन्न

मोरङ । विराटनगर–८ स्थित अम्बे मुरारी सेवा केन्द्रले सञ्चालन गरेको १५ दिने घरेल तालिमको समापन गरिएको छ ।