सुनसरी /

मातातीर्थ औसीको अवसरमा सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ । 

संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने  ७० बर्ष या सो भन्दा बढी उमेरका आमाहरुलाईरुलाई संस्थाको कार्यलय बालग्राममा खादा, अविर र सम्मा पत्र सहित  सम्मान गरिएको हो । 

सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारीले ठूलो फड्को मारेको बताए । संस्थाका सल्लाहाकार कृष्णविनोद लम्सालले संस्थाको कामप्रति प्रशंसा गरे । 

किसान कल्याण साकोसका उपाध्यक्ष नरेन्द कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।  उनले  सम्मान हुने आमाहरुको नाममा संस्थाले जेष्ठ नागरिक खाता खोल्दै मासिक १ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता समेत उपलव्ध गराउने बताए । 

संस्थाका उपसचिव महेश रेग्मीले सञ्चालन गरेको कार्यक्रममा पकलीमा रहेको शान्ति वृद्धा आश्रमकी माया ओझा अतिथीको रुपमा उपस्थित रहेकी थिइन् ।