इटहरी / शेयर सदस्यरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ३६ जना शेयर सदस्यलाई सेटिटरी प्याड बनाउने तालिम दिएको छ ।

संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । उनले भने–‘शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन हामीले सेनिटरी प्याड बनाउने तालिम दिएका हौं, यो उनीहरुका लागि भविष्यमा व्यवहारिक तालिम हुनसक्छ ।’ 

लियो कलवकी अन्जली घिमिरे लगायत ४ जना प्रशिक्षणमा सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षक अन्जली घिमिरेले सेनिटरी प्याड बनाउने तालिम एकदमै सहज र सरल भएको हुनाले आफैले बनाएर प्रयोग गर्न सके लाखौँ रुपैँया विदेश जानुबाट रोक्न सकिने बताइन । उनले भनिन्–‘यो तालिम विशेष गरी महिलाहरुका लागि लाभदायक छ, घरमा बसी बसी बनाउन सकिने सेनिटरी प्याड बनाएर नेपालमै आत्मनिर्भर बन्न सकिन्छ ।’ 

सहभागिहरुलाई संस्थाका संचालक अध्यक्ष शालिकराम ढकालले प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाले सदस्यलाई उत्पादनसँग जोड्ने हिसावले समय समयमा बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको ढकालले बताए ।

किसास कल्याणले केहि समय अघिमात्रै युवा क्लवका सदस्यहरुलाई बैठक सन्चालन तथा माइन्युट लेखन साथै उद्घोषण लगायतका तालिमको आयोजना गरेको थियो भने केहि समय अघिमात्रै संस्थाका ८० भन्दा बढी सदस्यलाई झापा र सप्तरीका बिभिन कृषि फर्महरुको अध्ययन तथा अवलोकन भ्रमणमा समेत लगेको थियो । संस्थाले सदस्यहरुको जीवन स्तर उठाउनको लागी आत्मनिर्भर बन्न सक्ने बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गरिरहने र यसबाट फाइदा पुग्ने विश्वास लिएको छ ।