मोरङ /  विराटनगरका उद्योगी व्यवसायीहले विराटनगर–बथनाहा रेलमार्ग चाडो सञ्चालनमा ल्याउन अर्थमन्त्री अर्थमन्त्री डा . प्रकाश शरण महत समक्ष आग्रह गरेका छन् ।

विहीबार प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएका अर्थमन्त्री डा. महतलाईलाई उद्योगी–व्यापारीले लामो समय वितिसक्दा पनि रेलमार्ग सुचारु नभएको गुनासो गर्दै चाडो सञ्चालनमा ल्याउन माग गरेका थिए ।

कार्यक्रमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले १८ वर्ष बित्दा पनि रेल मार्ग सुचारु नभएकाले सुचारु गर्नेगरी बजेट विनियोजन गर्न माग गरेको बताए । उनले उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रमा भोगेका समस्या समाधान गर्ने र जनताले महसुस गर्नसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. महतसमक्ष माग गरेको बताए ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगर–भारतको बथनाहा रेल सञ्चालनको काम सुरू भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निराशा छाएको बताए ।

उनले भने ‘१८ वर्ष पहिले साढे १८ किलोमिटर रेल्वे निर्माणको लागि काम थालिएको थियो । तर, त्यो कटहरी गाउँपालिकामा मुआब्जासम्बन्धी विवादले काम अघि बढ्न सकेको छैन । रेल सञ्चालन गर्न भारतीय पक्ष तयार भए पनि नेपाल जागरूक हुन नसक्दा अघि बढ्न सकेन ।’

कार्यक्रममा मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सिमानाका कारण व्यवसायिक सुरक्षा नभएको गुनासो अर्थमन्त्री समक्ष राखेका थिए । उनले खुल्ला सीमानाकै कारण  हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर पुगेको बताए ।

यस्तै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त भएको बताए । उनले व्यवसायिक तरलता भएको अवस्थामा राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीहरुलाई चर्को व्याजदर लिएर अझ घाउ थपिदिने काम गरेको बताए ।

उनले निकासी गर्दा कच्चापदार्थमा लाग्ने अन्तःशुल्क फिर्ता हुनुपर्ने, भन्सारमा लागिएका सन्दर्भ मूल्यसूचीलाई ६ महिनामा परिवर्तन गर्नुको साटो समय सान्दर्भिकरूपमा परिवर्तन गरिनुपर्ने सुझाव दिए ।

व्यवसायी तथा उद्योगीहरुको हरुको गुनासो सुनिसके अर्थमन्त्री डा. महतले सबै मिलेर अहिलेको अर्थतन्त्रमा देखिएको तरलता हटाउनुपर्ने बताए । उनले सरकारले अहिलेको विसम् परिस्थितिलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै नीजि क्षेत्रलाई सरकारले प्रवद्र्धन गने खालका योजना अगाडि ल्याउन बताए ।