धरान /  धरान उपमहानगर १५ श्यामचौकमा रहको स्व. मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर बुधबार  २४ औ  मनमोहन स्मृति दिवस मनाएको छ ।

 नेकपा एमाले धरान १५ वडा कमिटीको आयोजनामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताइएको थियो । 

343311948_590837986355356_5064026438518157003_n

१५ वडाकमिटी अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति १.प्रदेश सुनसरी क्षेत्र न.१.सांसद तथा प्रदेश सचिवालय सदस्य  रमेश बस्नेत रहेका थिए । 

स्मृति दिवसमा नेकपा एमाले १ नं. प्रदेश इन्चार्ज मुरारी सुवेदी, प्रदेश कमिटी सदस्य तथा  सुनसरी क्षेत्र न.१  समन्वय समिति सह इन्चार्ज प्रकाश राई,  कोशी प्रदेशका सांसद बिजय राई, एमाले धरान नगर कमिटी सचिव राजेन्द्र राइ,  धरान उपमहानगरपालिका वडा नं.  १५ वडाध्यक्ष नरेश इवारम लगायतको उपस्थिति रहेको थियो ।

343555862_1346739835871791_3361349192303841712_n

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।