मोरङ /  जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

विराटनगरकी एक किशोरीलाई विगत ६ बर्षदेखि ब्लाकमेलिङ गर्दै बलात्कार गरेको भन्दै मोरङ प्रहरीले विराटनगर– ६ का ३० बर्सिया मो. परिजवान अन्सारी पक्राउ गरेको हो ।

विराटनगरमा चश्मा पसल सञ्चालन गर्दै आएका अन्सारीले ती किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै बलात्कार गर्दै आएको प्रहरीको भनाई छ ।

अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने ‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,

उनले घटनाको घटनाको अनुसन्धान सुरु भइसकेको बताए । उनका अनुसार बलात्कारको सिकारमा पर्दै आएकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ बसेपछि गर्भ पतन गराएको पनि खुलेको छ ।