धरान / अयोग्य लडाकुलाई दुई लाख रुपैया राहत दिने विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेको छ ।

शनिबार अपराह्न काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता तथा कार्यकर्ताहरूले पुत्ला दहन गरेका हुन् ।

उनीहरुले नाराबाजी समेत गरेका थिए । लडाकुको नाममा अर्बौ रकम घोटाला गर्न खोजेको आरोप उनीहरुको थियो । अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको योकार्यविधि तत्काल खारेज नगरे यो भन्दा कडा आन्दोलन चकौउने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिएका छन् ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाख रुपैयाँका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।